aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कुमारी इक्विटी फण्डको इकाई फागुन २८ गतेसम्म विक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ फागुन २०७७
कुमारी इक्विटी फण्डको इकाई फागुन २८ गतेसम्म विक्रीमा रहने

काठमाडौं । कुमारी इक्विटी फण्डको इकाई खरिदका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको छ । यस फण्डले फागुन १४ गते प्रतिइकाई रू. १० अंकित मूल्यको रू. ८० करोड बराबरको ८ करोड इकाई विक्री खुला गरेको हो । 

छिटो  अवधि फागुन १८ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधिसम्म विक्री खुला गर्न लागेको विक्री प्रबन्धक कुमारी क्यापिटलको भनाई छ । माग भन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा फागुन २८ अगावै विक्री बन्द हुने समेत विक्री प्रबन्धकले जानकारी दिएको छ । 

कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यस फण्डले कुल इकाईमध्य कोष प्रबर्धकको रुपमा रहेको कुमारी बैंकलाई १५ प्रतिशत दरको १ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी ६ करोड ८० लाख कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । 

कम्पनीले सञ्चालन गर्न लागेको यो सामूहिक लगानीकोष योजना बन्दमुखी योजना हो । इकाई विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । इकाई खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै, मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम १०० कित्तादेखि अधिकतम ८० लाख कित्तासम्म माग गर्न सकिनेछ ।

१० वर्षे अवधिको यो इकाई बाँडफाँट भएको मितिले दश वर्षपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसावले प्रचलित कानुन बमोजिम बाँडफाँट गरिनेछ । योजनाको सम्पूर्ण इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था गरिने समेत कोष व्यवस्थापक कुमारी क्यापिटलको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस