काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बार्डबाट आँधीखोला लघुवित्त र घोडीघोडा लघुवित्तले आईपीओ जारी गर्न स्वीकृति भएका छन् ।
आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता र घोडीघोडा लघुवित्तले १ लाख ३२ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । आँधीखोला लघुवित्तको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ भने घोडीघोडा लघुवित्तको प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस