
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पुरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ ।
यस बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्व ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरी सोहि अवधि भित्र १ अर्व ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा र १ अर्व ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ४.०२ प्रतिशत र ५ं.९१ प्रतिशतले वृद्धि भएको बैंकले दावी गरेको छ ।
बैंकले आफ्नो वार्षिकोत्सव पारेर आज विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना ग¥यो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक ( नारायणहिटीपथ – हात्तिसार – कमलादी गणेश – तिन धारा – दरबारमार्ग —नारायणस्थान हुदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा करिव ३५० सिटिजन्सकर्मीहरूको उपस्थिति रहेको थियो ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने ं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका थिए ।
बार्हौ वार्षिकोत्सवको सुखद अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका कार्यक्रमहरूलाई निरन्तरता दिदैँ बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत्त 'Snow Yak Foundation’ लाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ एड्स सक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था 'Baby Life Home' ’किर्तिपुर लाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ र विभिन्न उमेर समुहका असमथर्, असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका असक्तहरुको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको चितवन मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।
बार्हौ वार्षिकोत्सवको सुखद अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको “रक्तदान जिवनदान” को नारालाई सार्थक बनाउदै विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।
बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगंज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, महेन्द्रनगर, विर्तामोड गरी कुल उन्नाइस स्थानबाट रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सहित अन्य कर्मचारी तथा सेवाग्राहीहरुले रक्तदान गरेका छन् ।
बैैंकले कारोबार संचालन गर्दै आएकोे बाह्र वर्षको समयावधिमा देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस