काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असार ३० गते हुने आठौं वार्षिक साधारण सभामा सो प्रस्ताव पेस हुनेछ ।
कम्पनीले प्रस्तावित बोनस शेयर वितरणपछि कायम हुने चुक्तापँुजी ६ करोड ६३ लाखको ५० प्रतिशत (१ :२) को अनुपातमा हकप्रद शेयर जारी गर्ने पनि प्रस्ताव राखेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका असार १८ गते बन्द हुनेछ ।
प्रतिक्रिया दिनुहोस