
स्याङ्जा । सूर्याेदय लघुवित्तद्वारा बृद्वबृद्वा तथा अनाथ बालालिकालाई खाद्यान्न, लत्ताकपडा र फलफूल वितरण गरेको छ । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका बडा नं. १ मा केन्द्रीय कार्यालय रहेको उक्त लघुवित्तको २३ जिल्लामा कार्यक्रम विस्तार गरी वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।
संस्थाको ७ औं स्थापना दिवसको अवसरमा शुक्रबार बृद्वबृद्वा तथा अनाथ बालालिकालाई खाद्यान्न, लत्ताकपडा र फलफूल वितरण गरेको हो ।
गल्याङ् नगरपालिका वडा नं. ११ स्थित रामनदीधामको शिव पार्वती बृद्वाश्रम र फेदिखोला गाउँपालिका वडा नं. १ स्थित अमोर सेवा नेपाल (अनाथलय) को प्राङ्गणमा संस्थाका अध्यक्ष अनन्त कुमार श्रेष्ठ, सञ्चालकहरु गोविन्द प्रसाद शर्मा, एक बहादुर गोदार र नारायण प्रसाद पौडेल तथा प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रासाद पंगेनी, कम्पनी सचिव तथा प्रशासन विभाग प्रमुख सूर्य प्रसाद पौडेल, विभागीय प्रमुखहरु जयनारायण शर्मा, रामनाथ भुसाल, भरत काफ्ले र उमाकान्त रेग्मी साथै अनुगमन अधिकृत अमित क्षेत्रीको टोली लगायत सम्बधित संस्थाका अध्यक्षहरु, बृद्वबृद्वाहरु तथा बालबालिकाहरुको उपस्थितिमा कार्यक्रमको आयोजना गरी खाद्यान्न, लत्ताकपडा र फलफूल वितरण गरेको थियो ।
उक्त लघुवित्तको चुक्ता तथा जारी पूँजी १० करोड ७९ लाख १९ हजार र अधिकृत पूँजी १५ करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस