aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

महालक्ष्मी विकास बैंकद्वारा विद्यालय पोशाक वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
महालक्ष्मी विकास बैंकद्वारा विद्यालय पोशाक वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले सोमबार सिद्घार्थनगर ४ दोगहरामा अवस्थित श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको हो । 

सिद्घार्थनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका हुन् । उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस