
काठमाडौं । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्युआर भुक्तानी सेवा उपलब्ध गराएको छ ।
यसका लागि बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्युआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ । जसमार्फत कम्प्युटरको स्कृनमै क्युआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्नेछन् । फोन पेमा आबद्ध बैंकका ग्राहकहरूले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट क्युआर भुक्तानी सेवा प्रयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस