aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल बैंकमा करिब दुई सय जनालाई रोजगारीको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
नेपाल बैंकमा करिब दुई सय जनालाई रोजगारीको अवसर

काठमाडौं । नेपाल बैंक लिमिटेडले करिब दुई सय जनाका लागि जागिर खुलाएको छ। बैंकले सहायक केन्द्र तथा प्रदेशगतरुपमा सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मका पदका लागि दरखास्त आव्हान गरेको हो ।

लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ।

स्थायी दरबन्दीका लागि बैंकले आवेदन खुला गरेको हो। दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ। तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। 

आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ। चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ। फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np  बाट भर्न सकिन्छ।

यस्तो छ बैंकले निकालेको सूचना 

प्रतिक्रिया दिनुहोस