aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा

काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत १३ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान १० बजे सभा बोलाईएको हो । 

सभा भर्चुअल माध्यमबाट हुने भएकाले शेयरधनीहरुलाई सोही बमोजिम उपस्थित हुने कम्पनीले आग्रह गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्ताव समेत पारित गर्नेछ । 

कम्पनीले यस वर्ष ८ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै हाल कायम रहेको संस्थापकतर्फको ५२ दशमलव ४९ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४७ दशमलव ५१ प्रतिशतले ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय पनि सभाले गर्नेछ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७ करोड २० लाख ६१ हजार चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि चैत ३ गते देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस