aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

डिप्रोक्स लघुवित्तको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
डिप्रोक्स लघुवित्तको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

काठमाडौं । डिप्रोक्स लघुवित्तको प्रस्तावित २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीको माघ २८ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

उक्त प्रस्तावलाई राष्ट्र बैंकले फागुन २० गते स्वीकृति प्रदान गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५४ लाख ३३ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति पाएसँगै कम्पनीलाई साधारण सभाको बाटो खुला भएको छ ।
 

प्रतिक्रिया दिनुहोस