वीरगञ्ज । देवः विकास बैंकले वीरगञ्ज शाखा कार्यालयको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा ‘विजनेश मिट–२०१९’ सम्पन्न गरेको छ ।
शुक्रबार वीरगञ्ज महानगरपालिका, वडा नं. ०६, माइस्थान चोकमा आयोजित ‘विजनेश मिट–२०१९’ सम्पन्न भएको छ । बैंकको वीरगञ्ज शाखा कार्यालयको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज शाखाका का.मु.निर्देशक श्याम राज त्रिपाठी र बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गज्यूले संयुक्त रुपमा केक काटी सुरुआत गरेको थियो ।
सो कार्यक्रममा स्थानिय प्रतिष्ठित उद्योगी, व्यापारी, समाजसेवी, पत्रकार, व्यवसायिक संघ संस्थाका प्रतिनिधि एवं व्यवस्थापक, स्थानीय लब्ध प्रतिष्ठित व्यक्ति तथा बैंकका ग्राहकवर्गहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस