aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

प्रभु बैंकद्धारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआरकोड हस्तान्तर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
प्रभु बैंकद्धारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआरकोड हस्तान्तर

काठमाडौं । प्रभु बैंक लिमिटेडले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरिएको छ । 

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरेका हुन् ।  

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस