
काठमाडौं । महालक्ष्मी विकास बैंकको सञ्चालक समितिले शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिको विहीबार बसेको ४७८ औ बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६∞ नगद लाभांश ( कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्नको लागि सुचना समेत प्रकाशित भईसकेको छ । साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई बोनस सेयर वितरण गरिने छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको, तथा ३४ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.को ५ लाख भन्दा बढी ग्राहक संख्या रहेको छ ।
प्रतिक्रिया दिनुहोस