aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नारायणी डेभलपमेण्ट बैंकले अवितरित हकप्रद शेयर चैत ३ गतेदेखि लिलामीमा विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
नारायणी डेभलपमेण्ट बैंकले अवितरित हकप्रद शेयर चैत ३ गतेदेखि लिलामीमा विक्री गर्ने

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ । बैंकले गत माघ १३ देखि फागुन ३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको ६ हजार ५८३ कित्ता र संस्थापकतर्फको १५ हजार ९७४ कित्ता शेयर चैत १० गतेसम्म बोलकबोल खुला गर्न लागेको हो । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

यो शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंक लिमिटेडको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरका शाखा कार्यालयमा प्राप्त गर्न र पेश गर्न सकिनेछ । 
 

प्रतिक्रिया दिनुहोस