
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साविक सहयोगी विकास बैंकको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । सहयोगी विकास बैंकलाई प्राप्ती गर्न लागेको यस बैंकले उक्त कम्पनीको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन बाँकी रहेकोले समयमै बुझिलिन अनुरोध गरेको हो ।
पाँच वर्ष पुरा भएका नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकाले यथासिघ्र सम्पर्क गरी आफ्नो लाभांश सुरक्षित गर्न बैंकले सुचना मार्फत आग्रह गरेको हो ।
फागुन २३ गते सुचना जारी गरी बैंकले आगामी ३५ दिनभित्र बैंकको रष्ट्रिार कार्यालय सिबिआईएल क्यापिटल लिमिटेडमा सम्पर्क गर्न भनेको छ । ३५ दिनसम्म लाभांश नबुझे उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस