
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले यस वर्षको लागि पारित गरेको २ दशमलव ५० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै उपलब्ध गराउने भएको छ । २७ वाणिज्य बैंकहरुमध्य सर्वसाधारणमा शेयर जारी गर्न बाँकी यस बैंकले संस्थापक शेयरधनीहरुका लागि पारित गरेको उक्त लाभांश बैंक खातामै उपलब्ध गराउने भएको हो । बैंकले गत माघ २८ गते सम्पन्न १५आंै वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरेको थियो ।
शेयरधनीहरुलाई बैंकको शाखा कार्यालयहरुमा र शेयर रष्ट्रिारको कार्यालय आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क राखी बैंकको नाम, खाता नम्बर र सम्पर्क नम्बर सहितको विवरण उपलब्ध गराउन बैंकले भनेको हो । यस वर्ष बैंकले नगद लाभांश सँगै २ प्रतिशत बोनस शेयरको प्रस्ताव पनि पारित गरेको छ ।
सरकारी स्वामित्वको यस बैंकको चुक्तापूँजी हाल रू. ९ अर्ब ४७ लाख ९५ हजार रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू.१ अर्ब ८० करोडभन्दा बढी छ । यस अवधिसम्म बैंकले रू. १ अर्ब ७४ करोड ८८ लाखभन्दा बढी खुद नाफा गरेको छ । बैंकको जगेडा कोष रकम रू. १३ अर्ब ८९ करोड ६२ लाख २२ हजार छ ।
प्रतिक्रिया दिनुहोस