aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकले शुरु गर्यो नारी बचत खाता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
सांग्रिला डेभलपमेन्ट बैंकले शुरु गर्यो नारी बचत खाता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकहरुको हितलाई मध्यनजर गर्दै नारी बचत खाताको शुरुवात गरेको छ । यो योजनाले विशेषगरि १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम साथै बचत गर्न प्रोत्साहन गर्नेछ । 

यस खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ५ प्रतिशतका दरले मासिकरुपमा व्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था सार्थ मोबाईल बैंकिङ तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ । 

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाहरुबाट यस किसिमको बचत गर्न सकिने बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस