
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । चैत २० गते बस्नेगरी साधारणसभा बोलाइएको हो । सो दिन बिहान ११ बजे चितवनको सौराहास्थित मोनालिसा होटलमा साधारणसभा बस्नेछ ।
साधारणसभामा यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर, ५ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव पेश भई पारित हुनेछ ।
त्यस्तै, सञ्चालक समितिबाट नाडेप लघुवित्तलाई एक्वायर गर्नेगरी गरिएको सम्झौतालाई अनुमोदन गर्ने एजेन्डा पनि राखिएको छ । त्यसबाहेक साधारणसभामा नियमित रुपमा पेश गर्नुपर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि तय गरिएको छ ।
यो साधारणसभाका लागि डिप्रोक्सले चैत ९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । सो दिनसम्म शेयरधनी कायम रहेका व्यक्तिहरु प्रस्तावित लाभांश र साधारणसभामा उपस्थितिको हकदार बन्नेछन् ।
प्रतिक्रिया दिनुहोस