
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत १८ गते बस्ने भएको छ । सो दिन बिहान ११ बजे बनेपाको पञ्चकन्या बैंक्वेटमा साधारणसभा बस्नेछ ।
साधारणसभामा यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको ९.२० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापतको नगद लाभांशसम्बन्धी प्रस्ताव पेश भई पारित हुनेछ ।
अहिले मिर्मिरेले स्वेडा लघुवित्तलाइ एक्वाएर गर्न सहमति गरिसकेको छ । सो एक्विजिसनपछि मिर्मिरेले एफपीओ ल्याउनेछ ।
त्यस्तै, सो साधारणसभाले मर्जर तथा एक्विजिसनमा जाने एजेन्डा पारित गरी आवश्यक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ । त्यसबाहेक साधारणसभामा नियमित रुपमा पेश गर्नुपर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि तय गरिएको छ ।
यो साधारणसभाका लागि मिर्मिरेले चैत ८ गतेलाई बुक क्लोजको मिति तोकेको छ । सो दिनसम्म शेयरधनी कायम रहेका व्यक्तिहरु प्रस्तावित लाभांश र साधारणसभामा उपस्थितिको हकदार बन्नेछन् ।
प्रतिक्रिया दिनुहोस