aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कामना सेवा विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ फागुन २०७७
कामना सेवा विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिबेञ्चर (ऋणपत्र) रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरिसकेको ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो ।   

कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म विक्री गरी फागुन १२ गते बाँडफाँट गरेको थियो । 

उक्त ऋणपत्र विक्री प्रबन्धकको जिम्वेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गरेको थियो । डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै कम्पनीको ऋणपत्र व्यवस्थापन सम्बन्धी सम्पूर्ण जिम्वेवारी एनआईबिएल एस क्यापिटलले गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस