aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
डेपुटी गभर्नर

मन्त्रिपरिषद् बैठक बस्दै, डेपुटी गभर्नरको नियुक्ति हुनसक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
मन्त्रिपरिषद् बैठक बस्दै, डेपुटी गभर्नरको नियुक्ति हुनसक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । मंगलबार साँझ ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । यो नियमित बैठक हो । सामान्यतया हरेक हप्ता २ पटक मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ । 

आजको बैठकमा नियमित एजेन्डाबाहेक नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको नियुक्तिसम्बन्धि निर्णय हुनसक्ने सम्भावना रहेको बताइएको छ । यद्यपि बैठकको एजेन्डाबारे अहिलेसम्म मन्त्रिहरुलाई जानकारी दिइएको छैन । 

फागुन १८ गतेदेखि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर पद खाली छ । राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य समेत रहने उक्त पदका लागि १७ जना कार्यकारी निर्देशकहरु दाबेदार रहेकामा गभर्नर महाप्रसाद अधिकारीले ४ जनाको नाम सिफारिस गरिसकेका छन् । गभर्नरले सिफारिस गरेका नामलाई अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा निर्णयार्थ पेश गर्नेछन् । तीमध्ये २ जनालाई आगामी ५ वर्षका लागि उक्त पदमा मन्त्रिपरिषदले नियुक्त गर्छ । 

गभर्नर अधिकारीले कार्यकारी निर्देशकहरु डा. नीलम ढुंगाना, देवकुमार ढकाल, डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठलाई सिफारिस गरेको राष्ट्र बैंक स्रोतको दाबी छ । यद्यपि राष्ट्र बैंकले यसबारे आधिकारिक रुपमा भने केही बोलेको छैन । 

प्रतिक्रिया दिनुहोस