aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कृषि विकास बैंकको १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
कृषि विकास बैंकको १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । कृषि विकास बैंकले यस वर्षका लागि पारित गरेको १५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले गत पुस २९ गते पारित गरेको उक्त बोनस शेयर दोस्रो बजारमा फागुन १३ गते सूचीकृत गराएको थियो । फागुन १६ गतेदेखि कारोबार योग्य भएको यो शेयर हितग्राही खातामा जम्मा भएका सदस्यहरुले कारोबार गर्न सक्नेछन् । 

बैंकले पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा मात्र उक्त बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । आफ्नो शेयर अभौतिकिकरण गराउन बाँकी सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न बैंकले अनुरोध गरेको छ । 

पुस १४ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का रजनाई हितग्राही खातामा जम्मा हुने कम्पनीको भनाई छ । कर्जा राफसाफ भैसकेको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा गर्नका लागि पनि बैंकले भनेको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस