
काठमाडौं । एक सहकारी संस्थाबाट चोरी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका १ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ सोमबार साँझ चोरी भएको हो ।
उक्त संस्थाको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस