aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नीलम र बमबहादुर डेपुटी गभर्नर नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
नीलम र बमबहादुर डेपुटी गभर्नर नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नीलम ढुंगाना र बमबहादुर मिश्र डेपुटी गभर्नरनमा नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैंठकले ढुंगाना र मिश्रलाई नियुक्त गरेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । 

पहिलो महिला डेपुटी गभर्नर बनेकी नीलम ढुंगाना (तिम्सिना) हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । त्यस्तै, बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु डा.नीलम ढुंगाना, देवकुमार ढकाल, डा.गुणाकर भट्ट, डा.प्रकाशकुमार श्रेष्ठ र बमबहादुर मिश्र डेपुटी गभर्नरको दौडमा रहेका थिए । 

 

प्रतिक्रिया दिनुहोस