
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीकोषको ४ लाख ६८ हजार ८२८ कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको छ । बैंकले चैत ३ गतेदेखि १७ गतेसम्म उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
प्रतिकित्ता रू. १ हजार ५०२ दशमलव ५० तोकिएको उक्त शेयर खरिद गर्न चाहनेले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस