aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

हिमालयन बैंकले गर्यो पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापना गर्न एक करोड सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ फागुन २०७७
हिमालयन बैंकले गर्यो पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापना गर्न एक करोड सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड प्रदान गरेको छ ।

बंैक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोका बिच सो सम्बन्धि चेक हस्तान्तरण गरे । 

उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्सेर राणा, बैंकका महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक  प्रतिमा पाँडेको उपस्थिति थियो । 

बैंकले आफ्नो स्थापना काल देखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण÷पुनस्र्थापना वित्तिय साक्षरता, वातावरण संरक्षण, जनचेतना, आदि जस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस