aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एभरेष्ट बैंकको नयाँ शाखा गाइघाटमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ फागुन २०७७
एभरेष्ट बैंकको नयाँ शाखा गाइघाटमा

उदयपुर । एभरेष्ट बैंक लिमिटेडले उदयपुरको गाइघाटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले बिहिबार गाइघाटमा आफ्नो १०२ औं शाखाको उद्घाटन गरेको हो ।  

एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ गाइघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमारले गाइघाट क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।   

यस बैंकको हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले देशभर १०२ शाखा, १३४ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाटसमेत सेवा दिदै आइएको छ ।  

प्रतिक्रिया दिनुहोस