
काठमाडौं । बैंकहरूले पछिल्लो समय निक्षेप संकलनको तुलनामा कर्जा लगानी दोब्बर पुर्याएका छन् । वाणिज्य बैंकहरूले फागुन ७ गतेदेखि २१ गतेसम्म ५३ अर्ब रुपैयाँ कर्जा प्रभाव गरेका छन् । पछिल्लो समय वाणिज्य बैंकहरूले दैनिक करिब पौन ४ अर्बका दरले कर्जा विस्तार गरेका हुन् । फागुन ७ गतदेखि १४ गतेसम्मको यो अवधिमा बैंकहरूले जम्मा ५३ अर्ब कर्जा लगानी गरेका छन् । फागुन महिनाको पहिलो सातामात्रै १८ अर्ब कर्जा प्रवाह गरेको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ । फागुन २१ गतेसम्म कुल कर्जा लगानी बढेर ३३ खर्ब ८८ अर्ब पुगेको छ भने निक्षेप ३८ खर्ब २३ अर्ब रहेको छ ।
कर्जा प्रवाह भएको तुलनामा निक्षेप संकलनको ट्रेन हेर्ने हो भने अत्यन्त न्यून छ । फागुन महिनामा ३७ अर्ब निक्षेप संकलन भएको छ । फागुन ७ गतेदेखि २१ गतेसम्मको यो अवधिमा बैंकहरूले २४ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका हुन् । कर्जा प्रवाहको रेसियो निक्षेप संकलन अत्यन्त न्यून देखिएको छ । बैंकहरूले निक्षेपको ब्याजदर कम दिएसँगै निक्षेपमा लगानीकर्ताहरूको आकर्षण बढ्न सकेको छैन । पछिल्लो समय विकास निर्माणको कामले गतिलिने क्रम बढ्दो छ । सरकारी खर्च भयो भने बैंकमा पैसा आउने बैकर्सहरूको भनाइ छ ।
ब्याज कम भएकै कारणले माघदेखि फागुन यो अवधिसम्म निक्षेप संकलनको ट्रेन हेर्ने हो भने यसमा खासै उत्साह देखिदैन । बैंकहरूले प्रदान गर्ने न्यून ब्याजका कारण आम निक्षेपकर्ताहरूले बैंकमा पैसा नराखेका हुन् । निक्षेप घट्नुको प्रमुख कारण बैंकहरूले दिने न्यून ब्याजदर नै हो । यसका साथै कतिपयको कोभिडका कारण आयस्रोत घटेको र खर्च बढेका कारणले पनि बचत कम हुँदा निक्षेप घटेको अनुमान गरेका छन् ।
पछिल्लो कोरोना कारण प्रभावित भएका अर्थतन्त्र चलायमान हुन थालेसँगै बैंकहरूमा कर्जाको माग बढ्न थालेको हो । आयात, शेयर बजार एवम् घरजग्गाको कारोबार भएको वृद्धिले बैंकहरूमा कर्जाको माग बढेको हो । बैंकहरुमा निक्षेपमा राख्न न्यून प्रतिफल आउने भएपछि निक्षेपकर्ताले अधिक प्रतिफलका लागि शेयर बजार र घरजग्गा तर्फ पैसा लगाउन थालेका हुन् ।
हुन त मंसिरदेखि नै कर्जाको माघ बढ्दै गएको थियो । यसले अझ तिव्रता पाएको हो । कोरोनाका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकहरूमा पैसा थुप्रिएको थियो । बैंकिङ प्रणालीमा निक्षेप थपिरहने तर कर्जा प्रवाह नहुँदा बैंकहरूमा अधिक तरलता थियो । पछिल्लो समय यो घट्दो क्रममा छ । यसरी नै कर्जा प्रवाह बढिरहने हो भने अबको केही समयमा नै क्रेडिट क्रन्चको समस्या देखिने बैंकरहरूको भनाइ छ ।
केही दिन अघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले पनि नेपालीको बचत क्षमता घटेको देखाएको छ । खर्च गर्ने प्रवृत्ति बढेका कारण औसतमा खर्च बढेको र बचत घटेको हो । कुल राष्ट्रिय बचतमा घटेर ८.९ प्रतिशतमात्रै रहेको छ । यो तथ्यांक नयाँ आधार वर्षको आधारमा निकालिएको तथ्यांक हो । सन् २०००÷०१ को आधार वर्षमा कुल राष्ट्रिय बचत १८.१ प्रतिशत थियो । खर्च बढ्नुको प्रमुख कारण नेपालीको क्रय शक्ति क्षमतामा पनि वृद्धि हुनु हो । प्रति नेपालीको क्रयशक्ति क्षमता बढेर अहिले १४ सय ३० अमेरिकी डलर पुगेको छ ।
प्रतिक्रिया दिनुहोस