aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एनएमबिका बैंकका ग्राहकलाई द होराइजन र आगन्तुक रिसोर्टमा सहुलियत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ फागुन २०७७
एनएमबिका बैंकका ग्राहकलाई द होराइजन र आगन्तुक रिसोर्टमा सहुलियत

काठमाडौं । एनएमबि बैंककाका ग्राहक तथा कर्मचारीहरुलाई द होराइजन होटल र आगन्तुक रिसोर्ट, बनेपामा विशेष छुटको ब्यबस्था सहित समझदारी गरिएको छ । एनएमबि बैँकको द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ्ग, स्पा सुबिधाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने स्विमिङ्ग, हेल्थ क्लब र बर्थ डे केकहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

सम्झौतापत्रमा एनएमबिका रिटेल बैँकिङ्ग प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका छन । 

अत्याधुनिक बैँकिङ्ग सुबिधाका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले ग्राहकहरुलाई यो छुटको ब्यवस्था गरेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट धधध।लmद।अयm।लउ को ल्ःद्य ख्ष्कब ऋबचम म्ष्कअयगलत सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 


 

प्रतिक्रिया दिनुहोस