aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
डेपुटी गभर्नर

डेपुटी गभर्नरको कार्य विभाजन, नीलम पहिलो वरियतामा, कसको जिम्मामा कुन विभाग ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ फागुन २०७७
डेपुटी गभर्नरको कार्य विभाजन, नीलम पहिलो वरियतामा, कसको जिम्मामा कुन विभाग ?

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नवनियुक्त डेपुटी गभर्नरहरुको कार्यविभाजन भएको छ । बुधबार अपराह्न पदभार ग्रहण गरेसँगै डेपुटी गभर्नरहरुको कार्यविभाजन भएको हो । 

कार्यविभाजन अनुसार निवर्तमान डेपुटी गर्भर चिन्तामणि शिवाकोटीले सम्हाल्दै आएका विभागहरु नीलम ढुंगानालाई दिइएको छ । त्यस्तै, अर्का निवर्तमान डेपुटी गभर्नर शिवराज श्रेष्ठले सम्हालेका विभागहरु बमबहादुर मिश्रले हेर्नेछन् । 

बैंकको सबैभन्दा शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी ढुंगानाको कार्यक्षेत्रमा परेको छ । त्यस्तै विदेशी विनिमय विभाग, राष्ट्रऋण व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, जनशक्ति व्यवस्थापन विभाग, सामान्य सेवा विभाग र संस्थागत योजना विभाग पनि उनैले हेर्नेछिन् । 

मिश्रको कार्यक्षेत्रमा भने वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्था गरी चारवटै क्षेत्रका सुपरिवेक्षण विभाग, अनुसन्धान विभाग, वित्त व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेश कार्यालयहरु रहेका छन् । सूचना प्रविधि महाशाखा हेर्ने जिम्मा पनि मिश्रकै भागमा परेको छ । 

गभर्नरको कार्यालय, वित्तीय जानकारी इकाई, कानून महाशाखा, आन्तरिक लेखापरीक्षण विभाग भने गभर्नरकै मातहतमा रहँदै आएको छ । 

डेपुटी गभर्नरमध्ये ढुंगानालाई पहिलो वरियातको मानिएको छ । गभर्नरको अनुपस्थितिमा ढुंगानाले नै कामू गभर्नरको जिम्मेवारी पाउनेछिन् । 

प्रतिक्रिया दिनुहोस