aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शेयर बजारमा १८ सयसम्म पुगेको वित्त कम्पनीको एफपीओ निष्कासन हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ फागुन २०७७
शेयर बजारमा १८ सयसम्म पुगेको वित्त कम्पनीको एफपीओ निष्कासन हुँदै

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले सार्वसाधारणका लागि फरदर पब्लिक अफरिंग( एफपीओ) जारी गर्ने भएको छ । सस्थाले सर्वसाधारणका लागि करिब १३ लाख कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको दोस्रो बजारमा प्रति कित्ता १५०० रुपैयाँ किनबेच भइरहेको छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ६६९ रुपैयाँ देखि १८९५ रुपैयाँ सम्म पुगेको थियो।

वित्तीय संस्थाले यसभन्दा पहिला सर्वसाधारणका लागि जारी गरेको १५ लाख ७१ हजार कित्ता शेयर छुट्याएकोमध्ये १२ लाख ९८ हजार २५९ कित्ता शेयर पुन एफपीओ मार्फत सार्वसाधारणलाई बिक्रि गर्न लागेको कम्पनील जनाएको छ। १० करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको लघुवित्तको नेप्सेमा ३९ लाख २८ हजार कित्ता शेयर मात्रै सूचिकृत छ।

कम्पनीमा संस्थापक सेयर धनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत रहेको छ। संस्थापक तर्फ २३ लाख ५६ हजार कित्ता शेयर रहेको छ।

प्रतिक्रिया दिनुहोस