aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एनएमबि बैंकको क्युआर कोड सब्जी फलफूल तथा गुद्री बजार बिराटनगरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ फागुन २०७७
एनएमबि बैंकको क्युआर कोड सब्जी फलफूल तथा गुद्री बजार बिराटनगरमा

काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्युआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । 
 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यता र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्व रहेको उक्त कार्यक्रममा अतिथि गणहरु नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाको उपस्थिती रहेको  थियो । 

त्यस्तै, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, यूवा उद्यमी प्रदिप कुमार मुरारका, बिराटनगर वडा नं. ११ का अध्यक्ष त्रिथेन्द्र न्योपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, स्थानीय क्लबका सदस्यहरु, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पारे । सो कार्यक्रममा उक्त बजार व्यवस्थापन समितिका तर्फबाट सचिव गुड्डु साहेबले मन्तव्य राख्नु भएको थियो भने गर्भनर अधिकारीले नगद कम भन्दा कम प्रयोग गर्न आह्वान गर्दै क्युआर कोड प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस