aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

बैंक अफ काठमाण्डू लिमिटेडको विभिन्न बससेवाहरुमा क्युआर कोडको सुबिधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ फागुन २०७७
बैंक अफ काठमाण्डू लिमिटेडको विभिन्न बससेवाहरुमा क्युआर कोडको सुबिधा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तारित गर्नेक्रममा विभिन्न बससेवाहरुमा सुविधा रहेको छ । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्युआर कोडको सेवा बिहिबार एक औपचारीक कार्यक्रमका बिच शुभारम्भ भएको हो । 

उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्युआर कोड हस्तान्तरण गरेका हुन् ।  

यस सेवाको शुभारम्भ संगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गरेका सम्पूर्ण ग्राहकहरुले बसमा राखीएको बैंक अफ काडमाण्डू हस्तान्तरण गरेको क्युआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् । 

साथै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बससेवा प्रयोग गर्नुहुने सम्पूर्ण ग्राहकहरुले क्युआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस