aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

ज्योति विकास बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ फागुन २०७७
ज्योति विकास बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरिदिएको छ । बैंकले गत माघ १४ गतेको १३औं वार्षिक साधारण सभामार्फत पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात कारोबार गर्न सकिने गरी हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले उक्त बोनस शेयर वापतको ३४ करोड ९५ लाख २९३ दशमलव ४४ कित्ता शेयर फागुन २५ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत गराएको हो । फागुन २६ गतेदेखि कारोबार योग्य भएको यो शेयर हितग्राही खातामा जम्मा भएपछि अब कारोबार गर्न सकिनेछ । 

बैंकले गत पुस २८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । त्यसपश्चात शेयर अभौतिकीकरण गराउँने हरुको हकमा पनि क्रमश जम्मा गर्दै जाने भएकाले यथासिघ्र शेयर अभौतिकीकरण गराउन बैंकले आग्रह गरेको छ ।

साथै २०७५ साल चैत १५ गतेपश्चात शेयर खरिद गरी कायम भएका शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर वापतको रकम भुक्तानी गर्नुपर्ने बैंकको भनाई छ । 

बोनस शेयरको कर वापतको रकम शेयरधनीहरुले नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा कार्यालय लाजिम्पाटमा रहेको एनआईबिएल एस क्यापिटल जेबिबिएल बोनस ट्याक्स फिस्कल इयर ०७६÷७७ को खाता नम्बर ०३६०१०४०२६५४६१ मा जम्मा गुर्नपर्ने बैंकको भनाई छ । बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस