aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एभरेष्ट बैंकद्वारा जानकी मन्दिरमा क्युआर कोडबाट सम्पर्करहित भेटी दिने सेवा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ फागुन २०७७
एभरेष्ट बैंकद्वारा जानकी मन्दिरमा क्युआर कोडबाट सम्पर्करहित भेटी दिने सेवा शुरु

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि जानकी मन्दिर, जनकपुरमा क्युआर कोडबाट सम्पर्क रहित भेटी चडाउने सेवा सुरु गरेको छ ।

बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा यस नयाँ सेवाको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पुष्प राज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको पनि उपस्थिती रहेको थियो । 

उक्त समारोहमा बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमारले आफ्नो मन्तव्यको क्रममा, यस नयाँ सेवाको प्रयोगले भक्तजनहरुले सजिलै कयुआर कोड प्रयोग गरी भेटी चडाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने जानकारी गराए ।  

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटीएम बुथ सहित बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस