aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

ज्योति विकास बैंकले ऋणपत्र विक्रीका लागि बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ फागुन २०७७
ज्योति विकास बैंकले ऋणपत्र विक्रीका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंैकले उक्त ऋणपत्र विक्रीका लागि फागुन ११ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

वार्षिक ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको उक्त ऋणपत्र २०८७ सालमा परिपक्क हुनेछ । कुल कित्तामध्य बैंकले ९ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने ६ लाख कित्ता भने सर्वसाधारण विक्री गर्नेछ । 

सर्वसाधारणका लागि छुट्याएको मध्यबाट ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेछ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस