aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एनसीसी बैंकद्धारा अटो रिक्साको भुक्तानी अनलाइन बाटै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ फागुन २०७७
एनसीसी बैंकद्धारा अटो रिक्साको भुक्तानी अनलाइन बाटै

                    
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ । बैङ्कले शुक्रबारबाट मोरङ जिल्लाको बिराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सा चढ्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो । 

एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ । शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्नुहुँदै अनलाइन भुक्तानीको सेवा सुभारम्भ गरेका थिए । बिराटनगर मेडिकल कलेज रुटमा चल्ने के एन अटो यातायात प्रालिमा आबद्ध अटो रिक्सामा क्युआर कोडमार्फत भुक्तानी हुने भएको हो ।

व्यवसायमा नगद रहित कारोबार गर्दा छिटो छरितो र सुलभ ढंगमा कारोबार हुने हुँदा यसले आम व्यवसायी र सेवाग्राही वर्गमा लाभ पुग्ने एनसीसी बैंङ्कले अपेक्षा लिएको छ । क्यु आर कोड हस्तान्तरण गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबार सुरु भएकोले नोट कम चलाएर डिजिटल कारोबार गरि राष्ट्रकै लागि योगदान पु¥याउन सकिने बताउनुहुँदै सबैलाई यसमा सहयोगका लागि आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस