aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सांग्रिला डेभलपमेन्ट र प्राईम लाईफबीच बैंकास्योरेन्स सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
सांग्रिला डेभलपमेन्ट र प्राईम लाईफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । 

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेको हो ।

उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका ग्राहकहरुले यस बेंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछ ।
 

प्रतिक्रिया दिनुहोस