
काठमाडौं । लामो समयदेखि महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत खालि रहेको थियो । उक्त पदमा बोधराज देवकोटा मा नियुक्त भएका छन् । कृष्ण प्रसाद लामिछानेको कार्यकाल सकिएपछि उक्त पद खालि रहेको थियो ।
बैंक सञ्चालक समितिले देवकोटालाई सोमबार(चैत १ गते)देखि लागू हुनेगरी ४ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गरेको हो । देवकोटा यसअघि सिटिजन्स बैंकको डेपुटी सीइओमा कायएरत थिए ।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस