aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

फष्र्ट माइक्रोफाइनान्सको २५ हजार कित्ता संस्थापक शेयर मंगलवारदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
फष्र्ट माइक्रोफाइनान्सको २५ हजार कित्ता संस्थापक शेयर मंगलवारदेखि विक्रीमा

 काठमाडौं । फष्र्ट माइक्रोफाइनानस लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको २५ हजार कित्ता शेयर चैत ३ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । बैशाख ६ गतेसम्म शेयर खरिद गर्न चाहनेहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

कम्पनीले शेयरको न्यूनतम मूल्य रू. १०० तोकेकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदन फारम रू. ५०० भुक्तानी गरी मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसारमार्ग , कमलादी काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।

 यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । यो शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता र सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त आवेदन वैशाख ७ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस