aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एनआइबीएल र एचबीएल मर्जले अन्तिम रुप लिन अझै एक हप्ता लाग्ने, ठूलो बाणिज्य बैंक बन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
एनआइबीएल र एचबीएल मर्जले अन्तिम रुप लिन अझै एक हप्ता लाग्ने, ठूलो बाणिज्य बैंक बन्ने

काठमाडौं । इन्भेष्टमेन्ट (एनआइबीएल) र हिमालयन (एचबीएल)बैंक मर्जले अन्तिम रुप पाउन अझै एक हप्ता लाग्ने भएको छ । एनआइबीएलको ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट भोलि(मंगलबार) बैंकको सञ्चालक समितिमा पेश हुने बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले जानकारी दिए । त्यस्तै, हिमालयन बैंकको ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट यहि हप्ता सञ्चालक समितिमा पेश हुने बैंकका एक सञ्चालकले बताएका छन् ।  

हिमालयन र इन्भेष्टमेन्ट बैंक मजैपछि पुँजी कोष जोड्दा ४६ अर्ब ८ करोड रुपैयाँ पुग्छ । एनआइबीएल पुँजीको कोष २९ अर्ब र एचबीएलको १७.८ अर्ब रहेको छ भने  २४ अर्ब ९२ करोडको चुक्ता पुँजी हुने भएको छ । हिमालय बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।  

दुबै बैंकको ड्यु डेलिजेन्स अडिट (डीडीए) सकेर बैंकका सञ्चलक समितिमा पेश भएका छन् । डीडीए रिपोर्ट सञ्चालक समितिले पास गरेका पछि मर्जको पत्र राष्ट बैंकमा पठाइने छ । 

प्रतिक्रिया दिनुहोस