काठमाडौं । फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ३ गतेदेखि शेयर कारोबार शुरु हुने भएको छ । कम्पनीले सोमवार नेप्सेमा शेयर सूचीकृत गरेसँगै मंगलवारदेखि कारोबार सुरु हुने भएको हो ।
कम्पनीको संस्थापक तर्फको ६ लाख कित्ता र सर्वसाधारण तर्फको ४ लाख कित्ता गरी कुल १० लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीमा संस्थाक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ सम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो ।
आर्थिक वर्ष ०७६÷७७ सम्म महिला लघुवित्तको प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ । कम्पनीको शेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङग लिमिटेडले पुरा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस