aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
ब्याजदर

चैतमा कुन बैंकले कति दिँदैछन् ब्याज ? यस्तो छ २० बै‌ंकको अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ चैत्र २०७७
चैतमा कुन बैंकले कति दिँदैछन् ब्याज ? यस्तो छ २० बै‌ंकको अवस्था

काठमाडौं ।  बाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत १ गतेबाट लागू हुनेगरी बैंकहरूले नयाँ ऋण तथा बचतको ब्याजदर सार्वजनिक गरेका ह्न् । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थापनका कारण बैंकहरूले महिला लाग्दा नलाग्दै आफ्ना ग्राहकसँग लिने कर्जाको ब्याजदर र ग्राहकहरूलाई दिने निक्षेपको ब्याजदर सार्वजनिक गरेका हुन् । चैत महिनामा अधिकांश बैंकले ऋण तथा बचतको ब्याजदर फागुन महिना कै यथावत छ । 

केही बैंकले भने फागुनको भन्दा चैत महिनामा निक्षेप तथा कर्जाको ब्याजदर सामान्य बढाएका छन् । अधिकांश बैंकहरूले बचतको ब्याज दर साढे २ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् । कर्जाको ब्याजदर एकल बिन्दुमा राख्ने भनिएपनि पछिल्लो समय सो दरमा बैंकहरूले कर्जा प्रवाह गर्न नसक्ने देखिएको छ । 

यस्तो छ चैत महिनामा बैकको ब्याजदर

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम ७ प्रतिशत ब्याज निर्धारण गरेको छ । बैंकको पुस मसान्तसम्मको आधारदर ६.७६ प्रतिशत छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । स्थिर ब्याजदरका लागि बैंकले न्यूनतम ७.९९ प्रतिशत अधिकतम १३.९९ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । 

नबिल बैंकको माघ मसान्तसम्म आधारदर ५.५८ प्रतिशत छ । बैंकले यस आधारदरमा  यसमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्न सकिने सूचना सहित ब्याजदर निर्धारण गरेको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९ प्रतिशत देखि ११.५० प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने जनाएको छ । 

नबिल बैंकले बचतमा न्यूनतम २५१ प्रतिशतदेखि अधिकतम ४.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम् ६.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकको यो एक वर्षभन्दा बढी समयको मुद्दतीको ब्याजदर हो । तीन महिनाको मुद्दतीको ब्याजदर ४ प्रतिशत निर्धारण गरेको छ । 

हिमालयन बैंकले चैतको लागि बचतको न्यूनतम ब्याजदर ४ प्रतिशत र अधिकतम ६.५० प्रतिशत तोकेको छ । बैंकको पुस मसान्तसम्मको आधारदर ६.८३ प्रशित रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने सकिने गरि बैंकले सूचना जारी गरेको छ । 

सो बैंकले बचतमा २.१० प्रतिशत ब्याजदर दिने जानकारी दिएको छ । नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.१० प्रतिशतसम्म ब्याज पाइनेछ । बैंकको माघ मसान्तसम्मको आधार दर ६.६९ प्रतिशत छ । यसमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्न सकिने छ । एक वर्षभन्दा धेरै कर्जाको लागि बैंकले १३ प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । 

नेपाल एसबीआई बैंकले बचतको ब्याज शुन्य दशमलव ५० प्रतिशतदेखि ३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम् ६.५० प्रतिशत र न्यूनतम ३ प्रतिशत निर्धारण गरेको छ । यस बैंकको माघ मसान्तसम्मका आधारदर ७. ३१ प्रतिशत छ । यसमा न्यूनतम् १.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जानकारी दिएको छ । 

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७ प्रतिशत निर्धारण गरेको छ । पुस मसान्तसम्म बैंकको आधारदर ७ दशमलव ५६ प्रतिशत छ । यसमा बैंकले ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जानकारी दिएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम ९.८९ प्रतिशत देखि अधिकतम १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम् ब्याज २.७५ प्रतिशत र अधिकतम ४.७५ प्रतिशत निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ७ .७५ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा धेरैको मुद्दतीको ब्याजदर हो । बैंकको माघ मसान्तसम्मको आधारदर ७ .७९ प्रतिशत रहेको छ । यसमा ३ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिइने बैंकको सूचना छ । घर कर्जाका लागि ११. ४९ प्रतिशत देखि १२.९९ प्रतिशत स्थिर ब्याज दर निर्धारण गरेको छ ।

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३.१० प्रतिशत र अधिकतम ५.१० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ८ प्रतिशत र न्यूनतम ५.७५ प्रतिशत निर्धारण गरेको छ । पुस मसान्तसम्मको अधारदर ७ .४० प्रतिशत रहेको छ । यसमा अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने सकिने बैंकले  जनाएको छ ।  

एभरेष्ट बैंकले बचतको न्यूनतम् ब्याज २ प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ६.७५ प्रतिशत र न्यूनतम ४.७५ प्रतिशत तोकेको छ । माघ मसान्तसम्म बैंकको आधार दर ६.४० प्रतिशत छ । यसमा अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । 

मेगा बैंकले बचतको न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम् ५.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ७ .२५ प्रतिशत निर्धारण गरेको छ । यो दुई वर्षभन्दा धेरै मुद्दती निक्षेपको लागि हो । माघ मसान्तसम्म बैंकको आधार दर ६ दशमलव ९७ प्रतिशत छ । यसमा अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ । 

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम् ७ प्रतिशत ब्याज निर्धारण गरेको छ । बैंकको पुस मसान्तसम्मको आधारदर ६.७६ प्रतिशत छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । स्थिर ब्याजदरका लागि बैंकले न्यूनतम ७ .९९ प्रतिशत अधिकतम १३.९९ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । 

सनराइज बैंकले बचतमा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । माघ मसान्तसम्मको बैंकको आधार दर ७ .१२ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम १० दशमलव ५० प्रतिशतदेखि अधिकतम् १३ दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । 

सिभिल बैंकले सबै बचतको ३ दशमलव ७५ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ८ दशमलव ७५ प्रतिशत कायम गरेको छ । साथै, ४ महिने मुद्दती निक्षेपको ब्याजदर ६ प्रतिशत कायम गरेको छ । यता, बैंकको माघ मसान्तसम्मको आधार दर ८ दशमलव १६ प्रतिशत रहेको छ । यसमा १ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जानकारी दिएको छ । 

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत र अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ७ .७५ प्रतिशत र न्यूनतम ६ प्रतिशत निर्धारण गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम् ९.९९ प्रतिशतदेखि अधिकतम् १२.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम् ४.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६ प्रतिशत र एक वर्षमाथि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकको पुससम्मको आधार दर ७ .४ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । 

कुमारी बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म ब्याजदर दिने निर्णय गरेको छ  । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ दशमलव ५० प्रतिशत देखि ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको माघ महिनामा आधार दर ७ .६१ प्रतिशत छ । बैंकले न्यूनतम १०.५० प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म स्थिर कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । 

सिद्धार्थ बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६ प्रतिशत ५ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

सिद्धार्थ बैंकले माघ महिनामा आधार दर ७ .१७ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा न्यूनतम ३ .५० प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.९ प्रतिशत देखि अधिकतम ११.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज २ प्रतिशतदेखि र अधिकतम ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७ प्रतिशत ब्याजदर कायम भएको छ । यो एक वर्षभन्दा धरैको मुद्दतीको ब्याजदर हो । माघ मसान्तसम्मको आधार दर ७ .८५ प्रतिशत कायम गरेको छ । यसमा २ प्रतिशत देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिने बैंकले जानकारी दिएको छ । 

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २ प्रतिशत ५० देखि र अधिकतम ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.२५ प्रतिशत र न्यूनतम ५ प्रतिशत निर्धारण गरेको छ । पुस मसान्तसम्मको आधारदर ७. ८५ प्रतिशत रहेको छ । यसमा अधिकतम ६ दशमलव ७५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैकंले जानकारी दिएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत र अधिकतम ५ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८ प्रतिशत र न्यूनतम ६.२५ प्रतिशत निर्धारण गरेको छ । पुस मसान्तसम्मको अधारदर ७ .८५ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने गरी बैंकले ब्याजदर निर्धारण गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९ .३५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस