aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

दुई दिन मै बिक्री भयो सनराइज ब्लूचिप फण्डको आधा भन्दाबढी इकाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ चैत्र २०७७
दुई दिन मै बिक्री भयो सनराइज ब्लूचिप फण्डको आधा भन्दाबढी इकाई

काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.०६ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.०६ प्रतिशत इकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सनराइज क्यापिटका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले जानकारी दिएका छन ।

क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सन्राइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । 

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा चैत ४ अर्थात अब दुई दिन बाँकी रहेको क्यापिटलले जनाएको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस