aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंकले घटायो व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ चैत्र २०७७
राष्ट्रिय वाणिज्य बैंकले घटायो व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चैत्र १ गते आइतबारबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ ।  बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो ।  

बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस