aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

माघसम्ममा २१३ वटा वित्तीय संस्था मर्ज भए, १६१ संस्थाको इजाजत खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
माघसम्ममा २१३ वटा वित्तीय संस्था मर्ज भए, १६१ संस्थाको इजाजत खारेज

काठमाडौं ।   बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात २०७७ माघ मसान्तसम्म कुल २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । 

यसमध्ये १६१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन्। वित्तीय पहुँच कुल ७५३ स्थानीय तहमध्ये २०७७ माघसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ माघसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए  । 

२७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ माघ मसान्तमा १०,३६६ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको  छ।  

प्रतिक्रिया दिनुहोस