aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अब अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा.श्रेष्ठ दुई भुमिकामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
अब अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा.श्रेष्ठ दुई भुमिकामा

काठमाडौं । विष्णु पौडेल अर्थ मन्त्री बनेपछि राष्ट्र बैंकबाट काजमा अर्थ मन्त्रालय खटिएका डा. प्रकाशकुमार श्रेष्ठले आज बुधबारदेखि फेरि राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको पनि कार्यभार सम्हालेका छन । राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका डा. श्रेष्ठले अबदेखि राष्ट्र बैंकको अनुसन्धान विभाग र अर्थमन्त्रीको आर्थिक सल्लाहकार दुबैको भुमिका निर्वाह गर्नेछन् । लघुवित्त सुरपरिवेक्षणका कार्यकारी निर्देशक रहेका डा.श्रेष्ठलाई सोमबार अनुसन्धान विभागमा सरुवा गरिएको हो ।

‘अर्थ मन्त्रालयमा पनि आर्थिक विषयमानै सल्लाह तथा सु्झाव दिने हो,’ उनले भने ‘राष्ट्र बैंकमा पनि अर्थतन्त्रकै विषयमा हेर्ने भएकोले दुर्ब तिर काम गर्न सकिन्छ ।’ अहिले दुबै तिर हेर्नेछु ।’ अहिले राष्ट्र बैंकमा छु र केहि समय पछि अर्थ मन्त्रालय गएर आफ्नो जिम्मेवारी पुरा गर्नेछु ।’

सोमबारमात्रै गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको व्यापक सरुवा भएका छन् । गभर्नरले तोकेको नयाँ कार्यविभाजन अनुसार हाल बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनको रिक्त ठाउँमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई लगिएको छ । 

त्यस्तै, हाल विकास बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक ऋषिकेश भट्टलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनको ठाउँमा  वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सरुवा गरिएको छ । 

बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्यलाई राष्ट्रऋण व्यवस्थापन विभागमा पठाइएको छ । डा. नीलम ढुंगाना डेपुटी गभर्नर भएपछि यो विभाग कार्यकारी निर्देशक विहिन थियो । शाक्यलाई राष्ट्र ऋणमा पठाएसँगै रिक्त भएको बैंकिङ विभागमा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरलाई पठाइएको छ । 

सम्पत्ति सेवा विभागमा रहेका सुमनकुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पठाइएको छ । लघुवित्त सुरपरिवेक्षणका कार्यकारी निर्देशक रहेका डा. प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धान विभागमा सरुवा गरिएको छ । 

अहिले जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक रामु पौडेललाई विदेशी विनिमय विभागमा पठाइएको छ । बमबहादुर मिश्र डेपुटी गभर्नरमा नियुक्त भएसँगै यो विभाग रिक्त थियो । सोही विभागमा निर्देशक रहेका तुल्सीप्रसाद घिमिरेलाई कामु कार्यकारी निर्देशक बनाएर जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । 

रामबहादुर मानन्धर बैंकिङ विभागमा सरुवा भएपछि खाली रहेको संस्थागत योजना विभागमा हाल मुद्रा व्यवस्थापन विभाग निर्देशक रहेका दयाराम शर्मा पंगेनीलाई पठाएर कामु मुकरर गरिएको छ । 

प्रतिक्रिया दिनुहोस