
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँग ३ दिने स्पष्टिकरण मागेको छ । नेप्सेले बैंकलाई धितोपत्र बजारमा मूल्य प्रभाव पार्ने समाचार बाहिरीएको भन्दै स्पष्टिकरण माग गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केहि दिन अघि एक कार्यक्रममा बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने तयारी भइरहेको बताएका थिए। उनले चालु आर्थिक वर्ष भित्रै लण्डन स्टक एक्चेञ्जमा सूचीकृत गर्ने तयारी भइरहेको जनाएका थिए। नेप्सेले यहि समचारलाई आधार मानेर बैंकसंग स्पष्टिकरण माग गरेको हो।
बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने, लण्डन स्टक एक्सचेञ्जमा सुचिकृत हुने शिर्षक सम्बन्धी समाचार तथा अन्य विभिन्न प्रश्नहरुमा निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा को सँग के कस्तो छलफल गरेको हो ? १० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो ? भन्ने सम्बन्धमा सत्य के हो ? र, कसो भएको हो ? बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन गरेको हो ।
प्रतिक्रिया दिनुहोस