aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नबिल बैंकको ब्यक्तिगत मुद्दति खातामा ७.५१ प्रतिशत ब्याज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
नबिल बैंकको ब्यक्तिगत मुद्दति खातामा ७.५१ प्रतिशत ब्याज

काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउन्ँेछ भन्ने बैंकले आशा गरेको छ ।

नबिल बैंकले आफ्नो ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१प्रतिशत प्रकासित गरेको छ, जुन ६ महिनाभन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुने बैंकले जनाएको छ । यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ ।

यस नबिल बैंकका ११९ शाखा,  १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस