aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एनसीसी बैंकले ९.५० प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
एनसीसी बैंकले ९.५० प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्दै

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले चैत १३ गतेदेखि ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । 

बैंकले उक्त ऋणपत्रको नाम “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” दिएको छ । प्रतिऋणपत्र रू. १ हजार मूल्यको कुल कित्ता मध्य ११ लाख ४० हजार कित्ता मात्र आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो । 

बैंकले सर्वसाधारणका लागि छुट्याईएको १२ लाख कित्तामध्य ६० लाख कित्ता ऋणपत्र सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको छ । बाँकी १८ लाख कित्ता भने बैंक आफैले विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

छिटोमा चैत १८ र ढिलोमा चैत २७ गतेसम्म विक्रीमा रहने यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै एनसीसी बैंकको केन्द्रिय कार्यालय बागवजार, काठमाडौं र सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरबाट पनि यो ऋणपत्र खरिद गर्न सकिने व्यवस्था छ । 

एनसीसी बैंकले यो ऋणपत्र विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ १० गतेनै अनुमति पाएको थियो । 

प्रतिक्रिया दिनुहोस